बुरी नजरका प्यालाहरूबाट बचाउनु
आफूलाई ती भवँराहरूबाट बचाउनु
बाँकी लामो छ अँझै जीवनको यात्रा
सुकोमल पाउ काँडाहरुबाट बचाउनु
मैन जस्तो छ दिल यो त्यसै पग्लिन्छ
खास गुलावको थुङ्गाहरुबाट बचाउनु
शत्रुबाट त म आफै पनि बँच्न सक्छु
तिमी मलाई आफ्नाहरूबाट बचाउनु
– सूर्य चेम्जोङ
