औंशीको रातलाई झिलमिल बनाउँछ
ऊ आएर साँझलाई मेहफिल बनाउँछ
प्रेम शक्तिशाली छ भन्ने उदाहरण हो
त्यो नाथे पत्थरलाई त दिल बनाउँछ
कति नौटङकी छ यो देशको सरकार
धोती,बक्खुहरुलाई अश्लील बनाउँछ
कतिदिन थिच्छन् होला हेर्छु एकदिन
समय सबथोकलाई काबिल बनाउँछ
म छाडेर जाँदैछु यी यादहरुलाई यतै
जो आँखाहरुलाई टिलपिल बनाउँछ
