Skip to content

भूल हुनेछ (गजल)


एकको चाह पुर्याउन अर्को मार्नु भूल हुनेछ
हरियाली फुलबारीमा काडा सार्नु भूल हुनेछ

आफ्नो मात्रै हैन खुशी अरुको नि मन हुन्छ
अरुलाई रुवाएर कैले पापमा पार्नु भूल हुनेछ

समयले जिताउँछ कसैलाई त हराउँछ साच्चै
एकलाई जिताउन आफू स्वयं हार्नु भूल हुनेछ

जीवनमा एकै पटक पाइन्छ साचो माया भन्नु
कसैको माया दोबाटोमै त्यसै नकार्नु भूल हुनेछ

नाता सम्बन्ध एउटै मालामा उनेर राख्नुपर्छ
चित्त दुखाई आफैं, आफैं आँसु झार्नु भूल हुनेछ

लाक्पा शेर्पा समर्पित
काठमान्डौ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *