बाहिरी मुलुक हेर्दा खेरी
हुन्छ खिन्न मन,
मेरो देश् को देखदा हल्त
रुन्छ मन झन् !
खुट्टैबिनाको लङगडो सरी
दृष्टिबिनाको अनिधो,
मर्द कोही जन्मेको भए,
केही न केही त बन्थ्यो !
न त उद्योग न त धन्दा
न टेच्नोलोजी घरमा,
कहिलेसम्म नाच्ने होला?
बिदेशीको भरमा !
जन्मदेखि स्वतन्त्र हाम्रो,
बहादुरको देश,
न त लाज न त शरम
न त आए चेत !
लइनो भैंसी बालुवाटार
दुहुन पाए पुग्छ,
विश्वले मुखमै थुक्दा पनि
न त चित्त दुख्छ !
ठुलो पेट भारा सन्तान,
नजन्माउ आमा अब,
चाटि चाटि हड्डि समेत
सिध्याइसके सब !
गोर्खाली भनी चिनिन्थ्यौ उहिले
गरिब भनी अहिले,
मेरो देश स्वर्ग जस्तै
बन्ने होला कैले!
तुलसिंह नेपाली
डांडापराजुल -२ पाँकोट, दैलेख
हाल युएई
