Skip to content


एकान्तमा बसी तिमीसँग,
एउटा कुरा बोल्न मन लागकोछ ।
मुटुभित्र परेको पोको,
तिम्रो छेउमा खोल्न मन लागेकोछ।

तिम्रो लागि बग्ने आँशु,
तिमीलाइनै बुझाउन मन लागेकोछ।
अँगालो मारी गालामा तिम्रो,
सारा छात्ती रुझाउन मन लागेकोछ।

पिरै पिरमा डुबेको जीवन,
तिम्रो सहारामा उम्कन मन लगेको छ।
दुख अनि यी पीडाका क्षेण,
तिम्रो जिन्मा सुम्पन मन लगेको छ।

तिम्रो यादमा दन्कने ज्वाला,
तिम्रै हातले मार्न मन लागेकोछ।
तिमी बिनाको उजाड यो जिन्दगी,
वसन्त जस्तै हरियाली पार्न मन लगेको छ।

एक्लो जीवन भत्केको आशा,
कोमल हातले टलाउन मन लगेको छ।
धड्कनको घंटी बजाउदै सधै,
मायाको दियो जलाउन मन लागेको छ।

बचेको जीवन जिएर अब,
तिम्रै काखमा मर्न मन लागेको छ।
तिम्रो हातकै दागबत्ती पाई,
चितामा खरानी पर्न मन लगेको छ।

तुलसिंह नेपाली
डांडापराजुल -२ पाँकोट, दैलेख
हाल युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *