मैले जति मॉंया तिमलाई,
कसले पो देला !
बैगुनीले नबुझेरै,
गरिरहिछ्यौ हेला !

पश्चिमबाट घाम ढल्दा,
परे जस्तै रात !
जीवनको अन्तिम घडी,
कोही नहुदा साथ !

तेति खेर सम्झनु पर्ला,
अहिलेको पल !
आँखा वरिपरि देख्नु पर्ला,
रुदै झल झल !

त्यो बेलामा पाउने छैनौ,
चाहेर नि मलाई !
पश्चातापले आंशु झर्ला,
छाती जलाई जलाई !

भोलिका दिन नसम्झेर,
खोज्छ्यौ भाउ अहिले !
तिम्रो जीवन तिम्रै हातमा,
केही भन्दैन मैले !

तुलसिंह नेपाली
डांडापराजुल -२ पाँकोट, दैलेख
हाल युएई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *