देशै ठप्प भाछ आज,
आन्दोलन को नाममा !
सबै मिली देशको शिर,
उच्च राख्ने ठाम्मा !
मौलाउने मौका पायो,
दिल्ली बिस्तारवादले !
अँझै ताली ठोकी राछन्,
राष्ट्रघाती हातले!
देशै गयो भनेपछि,
राज्य होला कस्को!
भुली ढाल बनी राछौ,
हाम्रा दुष्मन जस्को!
बिदेशी को पाउ मोली,
स्वदेशी को सिंह!
सिनोमाथि खनिएका,
हरिया मॉंखा झिगा!
दलित गरिब जनजाती,
उक्साऊ न नारा!
कुर्सीको खेलमा ढलिराछन्,
आज तिनी सारा!
राज्य हैन समान अवसर,
सुनिश्चित गर !
स्वर्थका लागि गरिब मार्ने,
काम चाहिं नगर!
तुलसिंह नेपाली
डांडापराजुल -२ पाँकोट, दैलेख
हाल युएई
