थियो संघर्ष पू्र्खाका निशानीका लागि
अँध्यारो रात पछिको विहानीका लागि
यो देशमा आन्दोलन र शहीद धेरै भए
अँझै लडिरा”छन् जिन्दगानीका लागि
आफ्नो झुप्रो जलाएर आगो ताप्नेहरू!
के झगडा गरिरहन्छौ खरानीका लागि
कतिन्जेल सुवास म,छरिरहुँला प्यारी
भयो पछि नलाग यो जवानीका लागि
