यौवनको उन्मादिलो मात दिने बाचा गरिन
बासना भरिएको एक रात दिने बाचा गरिन
मात्र तिर्खा भरिएको ज्यान लिई आऊ भनी
प्यासहरू मेटिदिन्छु आत दिने बाचा गरिन
अटुट नाता जोडेर दुखजति आफै लिने अरे
जुनिभरि बाँधी राख्ने साथ दिने बाचा गरिन
निराशाको सुस्केरामा बिते कैयौं ती वर्षहरू
चोखो पिरतीको एक बात दिने बाचा गरिन
दु;खपीडा जिन्दगीको पन्छाउला दुवै मिलेर
खुशीयाली बहारको खात दिने बाचा गरिन
जीवनको चिन्ता छाड मलाई आफ्नै मानेर
जुनीभरि सहाराको हात दिने बाचा गरिन
नाम: लाक्पा शेर्पा समर्पित
ठेगाना:ताप्लेजूङ
हाल लालझाडी गाउपालिका कञ्चनपुर
फोन :+9779804690381/9848606267
