Skip to content

दिल भो अभिलाषी


दिल भो अभिलाषी रक्सी लागेपछि
अलिअलि बदमासी रक्सी लागेपछि

हुन्न-हुन्न-हुन्न भन्थिन् सीमा पार गर्न
तानेर छातीमै टाँसी रक्सी लागेपछि

मुहारको मुस्कानले डाँडा काटेका थे
फर्कियो हाँसिहाँसी रक्सी लागेपछि

निदाएका रहरहरू ब्यूँझिइन्छ्न् यसै
मालिक बन्छ दासी रक्सी लागेपछि

जिन्दगीका हरेक क्षण ताजा हुने गर्छ
चाहे यादहोस् बासी रक्सी लागेपछि

– सूर्य चेम्जोङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *