Skip to content

बाबा आमा स-परिवार इटहरीमा राखेर


बाबा आमा स-परिवार इटहरीमा राखेर
एउटा तरुण हिड्यो देश छातीमा राखेर

सम्पत्तिको नाममा त्यही राहदानी त हो
त्यो पनि परदेश लागेँ लिलामीमा राखेर

थाहा छैन ! कहाँसम्म पुग्छ मुसाफिरले
हज्जार सपनाहरूलाई परेलीमा राखेर

तिम्रा यादहरू आउँला साह्रै सताउँला
मन बुझाउँला तस्वीर सिरानीमा राखेर

यो देश छ र हामी छौँ । जहाँसुकै जाउँ
म बाचुँला तिमीलाई ढुकढुकीमा राखेर

सूर्य चेम्जोङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *