नयनमा न ख्वाव छ अरु ठिकै छ
अलिअलि तनाव छ अरु ठिकै छ
जिन्दगानी धेर-थोर, चलिरहेकै छ
तिम्रै मात्र अभाव छ अरु ठिकै छ
ल्याएको थेँ दिन, आजसम्म पनि
मुटु माझ गुलाव छ अरु ठिकै छ
नफर्कने गरी गयौ त्यही दिनदेखि
यही साथी, सराव छ अरु ठिकै छ
✍️ सूर्य चेम्जोङ
