१)
मन पराइयो आफ्नो सम्झेर
दिलमा राखियो आफ्नो सम्झेर
न भुत न भविष्य त हेरियो
माया गरियो आफ्नो सम्झेर
२)
हातमा हात मिलाएर उठ्नुपर्छ
युवा सबै एकढिक्का बन्नुपर्छ
हुँदैन कलियुगका गफाडीहरुको संगतले
देश बनाउन अब जनता जाग्नुपर्छ
३)
राजनीतिक दुर्गतिले देश बर्वाद हुदैछ
खन्चुवा अगस्तिले देश बर्वाद हुदैछ
लक्षित वर्गसम्म पुग्न नपाइ सकिन्छ बजेट
यस्तै प्रगतिले देश बर्वाद हुदैछ ।
बिर्खराज अवस्थी
बित्थडचीर गाउँपालिका ८
बझाङ