Skip to content

आखिर अस्पताल रहेछ


आखिर अस्पताल रहेछ
अनि आफ्नै घर रहेछ
अन्तिममा जाने त
खोलाको बगर रहेछ

म जिन्दगीभर
यो जिन्दगी खोजिरह्ये(२)
तर विशाल जिन्दगी
सकिने त छ्यणभर रहेछ
अन्तिममा जाने त
खोलाको बगर रहेछ

हिजो किनारमा दौडिरहने नदी
निदाएर आज भन्दै हो सायद(२)
यो संसारमा सब्से शान्त
स्थान त सागर रहेछ
अन्तिममा जानेत
खोलाको बगर रहेछ

तिमी जस्तै गरेर हरेक साल
यो बडादशैं मेरो आगनमा आउछ(२)
निरन्तर अजर आमाको आशीर्वाद
मात्र यहाँ अमर रहेछ
अन्तिममा जाने त
खोलाको बगर रहेछ

बजारको रङ्गिन खेलौना खेल्दा
खेल्दै सुतेको शिशु सम्झदा(२)
मलाई यस्तो लाग्यो कि आवश्यकता
हैन त्यो केबल रहर रहेछ

आखिर अस्पताल रहेछ
अनि आफ्नै घर रहेछ
अन्तिममा जाने त
खोलाको बगर रहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *