Skip to content

आखिर अन्तिम उन्मुक्ति

आखिर अन्तिम उन्मुक्ति कहाँ कुबेरको धन रहेछ
मानौ कि भगवान बस्ने मन्दिर हैन आफ्नै मन रहेछ

रातभर म जुनसङ्गै सुत्न खोजिरहे थहा भयो कि(२)
मलाई बिहान ब्युझाउने त केबल सूर्यको किरण रहेछ
मानौ कि भगवान बस्ने मन्दिर हैन आफ्नै मन रहेछ

मेरो हजुरबुवाले जिन्दगीमा धेरै दूर पुगेपछि भन्नुभयो (२)
जीवनमै नभएको खुशी बालापन रहेछ बच्पन रहेछ
आखिर अन्तिम उन्मुक्ति कहाँ कुबेरको धन रहेछ

मुख बन्द गरेर बोल बोल शब्द खोल भनिरह्येउ(२)
प्रजातन्त्र,लोकतन्त्र फगत नाम मात्रको शासन रहेछ
मानौ कि भगवान बस्ने मन्दिर हैन आफ्नै मन रहेछ

मान्छे मारेर ल्याएको परिवर्तन आखिर केका लागि ?(२)
बुद्धले भन्यो म घर आइरहेथे बाटामा आन्दोलन रहेछ
आखिर अन्तिम उन्मुक्ति कहाँ कुबेरको धन रहेछ

सम्झनाहरुलाई म मेरो दिलमा नआइज भन्छु म(२)
अससोच उङ्को याद पवन रहेछ अनि धड्कन रहेछ
मानौ कि भगवान बस्ने मन्दिर हैन आफ्नै मन रहेछ

प्रलय आएर भत्काएर मजदुरको छाप्रो उडाएर गयो(२)
भूकम्पले पनि नभत्काउने त भ्रष्टचारिको भवन रहेछ

आखिर अन्तिम उन्मुक्ति कहाँ कुबेरको धन रहेछ!!
मानौ कि भगवान बस्ने मन्दिर हैन आफ्नै मन रहेछ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *