बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ
दाजुहरू हातहतियार र गर्धनमा बारुद बोकेर भन्छन (२)
भाइ भारतका गान्धी बोलाऊ देशका बुद्धहरुलाई जगाऊ
मेरो देशमा दीपावली छ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ
म मान्दै मान्दिन देशद्रोही दुश्मनहरुलाई म भन्दिन कि (२)
मेरो आगनमा आएर कुकुर काग गाई र भाइहरू भगाऊ
मेरो देशमा दीपावली छ
आऊ तिमी पनि बरु मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ
जसरी उस्ले यो देश र एक अवला नारिलाई लुटेथ्यो (२)
जिन्दगीभर भगवान त्यो अपराधी पनि उसैगरी तड्पाऊ
मेरो देशमा दीपावली छ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ
रातभर जन्ताहरू गाउँ सहरको द्यौसीभैलोमा भुल्याएर (२)
चोर स्यालहरू हेरिरहेछन् भडारकोठामा पस्न दाउ
मेरो देशमा दीपावली छ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ
सरकार कर तिर्ने त्यो गरिब गाउमै क्यान्सर भएर मर्छ (२)
तिमी रुघा लाग्दा पनि अस्ट्रेलिया जाऊ अमेरिका धाऊ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ
आज आतङ्गककारीहरुले हातमै सूर्य बन्दी बनाई दिए (२)
जसरी कि थानामा थुनिएको छ बचेराहरुको एक माउ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ
किन कैले पनि यार त्यो चौकिन्दार र भगवानले भन्दैभन्दैन (२)
भूकम्प भ्रष्टचारि भत्काऊ र बाढी बलत्कारीहरू बगाऊ
मेरो देशमा दीपावली छ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ !
