धान फल्ने खेतमा


धान फल्ने खेतमा घरैघर भएका छन्
हिजोका गाउँ आज शहर भएका छन्

जहाँ खेलेर बितेको थियो बचपन त्यो
ती नदी-नाला आज बगर भएका छन्

परिश्रमले निधो गर्छ आफ्नो भविष्य
कोही कवि कोही डाक्टर भएका छन्

समयसङ्गै बदलिन्छन् आत्मीयता पनि
र त आफ्ना अचेल परपर भएका छन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *