Skip to content

को हो थिएँ म

गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

मैले यसैले पनि त्यो भष्टचारीको दरवार टेक्नै सकिन(२)
मलाई उस्ले भतुवाभिखारी भन्नू अघिनै सुनिश्चित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

तिमीले त बगरमा पुगेपछि पो एकलासलाई परबाट(२)
भनिदियौ तिम्रै लागि नै बाचिरहेकी अमर पृत थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

आज त म यो देशको राष्ट्रपति भएकी छु,चेलि त हेर(२)
होला हिजो बिधुवा थिए अनि कति अपहेलित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

हजुर यो देखावटि दुनियाको लागिकै नभए पनि(२)
पक्कैपनी म कसैको लागि त जरुर कोही त थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

तिमीले दिनभरि लगाएर घाममा खोजिदियौ रातको जुन(२)
हेर्यौ न त घाम न जुन प्रभातको पहिलो शित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

हराको हिराको हार झै नदीकिनारको बालुवामा हेरिरह्यौ(२)
तिमीले कैले पनि सुनिनौ त्यही सरितामै तरङ्गित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

रोजिरह्ये तिमीलाई शब्दसागरको गहिरोभावमा खोजिदिए(२)
तर तिमीले त ढिला भन्यौ सङ्ख्याहरुको गणित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

आँखाहरुलाई आज औटा अपरिचित नानीले सोध्यो कि(२)
जीवनभर देखेनौ मलाई किन नयनहरुमै सुशोभित थिए म?
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

आज तिमी मलाई जोगी भन या बुद्ध यदि सक्छौ बन(२)
मलाई बोध भयो कि सान्सारि मायामा मोहित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

ज्वालामुखी आएपछि मात्र अभिमान तब तोडिएको हो(२)
जब पहाडको चट्टानले भन्यो आयम सरी अनुचित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

हेर मलाई मेरै मालिक,पाले र भालेको पनि विश्वास लागेन(२)
जब जीवनमा जतिखेर फुल पार्ने पोथी झै ससङ्गकित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

म आज यशु कृस्ट जस्तै या यस्तै केही पवित्र भएको छु(२)
हुनसक्छ हिजो पापिहरुको विचारले दुर्गन्धित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

सरकार त्यो गरिबले बालुवाटारबाटै गाउँ फर्किएर किन भन्यो(२)
फगत म त्यहाँ गएको हैन हजुर धेरै नै पीडित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म

भोलि म पनि नेपालमा हिमाल झै उभिनेछु उभिरहनेछु हेर(२)
हिजो हावाहरुमा हिड्ने भोकाकुत्ताहरू झै लज्जित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म !

आज अन्तर्निहित भएर नै मेरो आँसु कसैले बुझ्नै सकेन सायद(२)
दुखिरहेथ्यो दिल आमाले भनिन बेटा बडो दुखित थिए म
गाएनौ गीत तिमीले बजाएनौ मानौ कि सङ्गित थिए म
थाहा पाएनौ कैले पनि तिमीले खाएनौ अमृत थिए म !

Leave a Reply

Your email address will not be published. Required fields are marked *