बच्चाको बगरमा बालुवाको सिङ्गैदर्वार निरन्तर बिग्रिन्छ
जस्तो कि जग बिना जग देश बिग्रिन्छ अनि घर बिग्रिन्छ
यस्तो लाग्छ तिमीले प्यार घोलेर दिएपछि त अरे (२)
अरे यार जति नै बिसालु भए पनि त्यो जहर बिग्रिन्छ
हेर बिद्रोही बनेर त्यसले पागल झै पड्काउनेछ दुनिया (२)
दिल नदुखाऊ बुद्धहरुको पनि सिलिण्डर बिग्रिन्छ
मुलुकमा मजदुर कैले पनि बाँच्नै सक्दैन मालिक (२)
जब जिन्दगीभर मरेर गरेर पनि ज्यालादर बिग्रिन्छ
सरकार किसान नै न त जीवनमा बाँच्न सक्छन यहाँ (२)
मुसाहरुको भस्टचार बडेर भुसभर्ने ट्याक्टर बिग्रिन्छ
भोक र ग्याँस्टिकले गिज्याइरहेको दुर्गम गाउँ लाग्छ कि (२)
दीर्घरोगले भोलि अँझै आन्द्राहरुको अल्सर बिग्रिन्छ
घामको उज्यालो क्रान्ती जस्तो हुदैन हेर फुल्को वास्ना (२)
भुमराले भन्यो कि यसैले गर्दा त सिङ्गो सहर बिग्रिन्छ
बरु ऊ बिगृए कैपनी हुदैन ऊ त्यो साहुले जुत्ताको मालामा (२)
कुत्ता झै निकाल्नेछ जब रेखदेख गर्ने नोकर बिग्रिन्छ
त्यो संसारै बिग्रिन्छ यो सिङ्गो ब्रहमाण्डै बिगृरहेकै हुन्छ (२)
जब जब मान्छेहरुको हेर्ने आँखाको नजर बिग्रिन्छ
कलासस्कार बुद्धी विचारबिना त जतिनै शृङ्गार गरेपनि (२)
तिमीले एले जति बनायौ त्यसको दोब्बर बिग्रन्छ
आओ ब्रदरहरू हो अब हामी बनाऔं, ओ! बादरहरू हो (२)
ब्यपार हो भन्दैमा रक्सी धेरै नदेऊ हाम्रो फादर बिग्रिन्छ
हेर बगरमा बालुवाको सिङ्गदर्वार निरन्तर बिग्रिन्छ
बिनाजग जस्तो कि देश बिग्रन्छ अनि घर बिग्रिन्छ !
