पाहुना आउदा मात्र घरागन बढार्ने


पाहुना आउदा मात्र घरागन बढार्ने
सस्कार बिग्रिएको छ
हेर ! छानो चुहिएर कैदीहरुको
कारागार बिग्रिएको छ

आज यो जगतलाई गिज्याउँदै
यौटा गरिबले गाउँ फर्किएर भन्यो

मेरो गीतको झङ्कार या त्यो अदालतकै
कानको तार बिग्रिएको छ?
बिदेशी आउदा मात्र बाहिर बडार्ने
संस्कार बिग्रिएको छ

सरकार तेरो त पार्टी जुटेर आज
क्याबिनेट सपृयो सायद

गवारले लुट्यो!परिवार फुट्यो!मेरो त
सिङ्गो संसार बिग्रिएको छ
बिदेशी आउदा मात्र घरआगन बडार्ने
सस्कार बिग्रिएको छ

उस्को आगन आज अन्धकार भयो
जस्ले आज आफन्त गुमाएका छन्
ए!चीन ओ!भारत मेरो देशमा दसै
अनि तिहार बिग्रिएको छ
बिदेशी आउदा मात्र घरागन बडार्ने
सस्कार बिग्रिएको छ

यो सर्कार ती सिङ्गदरवार मर्मत सम्हार
र राहत उद्दार गर्छु गर्छु भन्छ

बगर दे!बारम्बार उस्को बाबुको बालुवाको
घरबार बिग्रिएको छ
पाहुना आउदा मात्र घरागन बडार्ने
सस्कार बिग्रिएको छ

त्यो सरकारले त अपराधीको अनुहारै नहेरी
गिरफ्तार गर भनेकै हो
बडेकै छ शृङ्गार उङ्को प्यार घटेकै छ
मेरो भने ब्यपार बिग्रिएको छ
बिदेशी आउदा मात्र बाहिर बडार्ने
सस्कार बिग्रिएको छ

मैले विश्वशान्तिको लागि
बुद्धहरुले भरिएको ऐउटा बेलन दिए

हावाहरुमा पड्काएर तिम्ले भन्यौ कि
आफैमा तेरो उपहार बिग्रिएको छ
बिदेशी आउदा मात्र घरआगन बडार्ने
सस्कार बिग्रिएको छ
जस्तो कि छानो चुहिएर कैदीहरुको
कारागार बिग्रिएको छ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *