उसले गरेको समाजसेवा मैले गरेको चौकीदारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टाचारी हुन्छ
उसले गरेको राष्ट्रभक्ति मैले गरेको चौकीदारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टाचारी हुन्छ
यो लाचार सरकार कर उसैलाई नै बेसि लगाउँछ यहाँ -२
जस्को भुँडी खालि अनि जस्को सानू भकारी हुन्छ
उसले गरेको राष्ट्रभक्ति मैले गरेको चौकीदारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टाचारी हुन्छ
बुवा म सहर जान्न जाँदै जान्न बरु गाउमै भतुवा बन्छु -२
चामलभन्दा पनि अँझ महङ्गो त त्यहाँ तरकारी हुन्छ
उसले गरेको राष्ट्रसेवा मैले गरेको चौकीदारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टाचारी हुन्छ
प्रतिछ्याको फल मीठो हुन्छ,यो साल त त्यस्तै हो आमा -२
पर्ख अर्को बर्स घरमा तिमीले रोजे जस्तै बुहारी हुन्छ
उसले गरेको समाजसेवा मैले गरेको चौकीदारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टाचारी हुन्छ
बोल्नेको पिठो बिक्छ,नबोल्नेको चामल पनि बिक्दैन -२
सम्झ बेचिएको त्यो पिठो सधैं गद्दारी हुन्छ बजारि हुन्छ
उसले गरेको राष्ट्रसेवा मैले गरेको चाहिँ चौकीदारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ
आज आमा मरिन भने बाउले भरे अर्कि श्रीमती ल्याउनेछ -२
याद राख यो समाजमा सधैं दबिने जहिले पनि नारी हुन्छ
उसले गरेको राष्ट्रभक्ति मैले गरेको चाहिँ चौकीदारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ
ती भुत चुडेलहरू सबै भत्किएर स्वयम बिलिन हुनेछन -२
हेर जुनदिन यी चिहानघारीहरू सप्रिएर फुलबारी हुन्छ
उसले गरेको समाजसेवा मैले गरेको चौकीदारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टाचारी हुन्छ
भोलि ऊ ठुलो भएर यो घर विश्व ब्रह्माण्ड उसैले बनाउनेछ -२
जस्को भागमा शून्य अनि दिमागमा जिम्मेबारिको भारी हुन्छ
उसले गरेको समाजसेवा मैले गरेको चाहिँ चौकीदारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ
२०७६ मङ्गसिर १३
