Skip to content

त्यो काठमान्डु कस्को हो ?


सधैं सधै,
पहाडको पिठ्यु र भासिएको भूमिमा बसेर
सधैं सधैं हिमालको नजिकै हाँसेर
तराईलाई आँखा तरिरहने

सधैं सधैं आफू अग्लो दरबारमा बसेर
झुपडीहरुलाई जिस्काइरहने
सधैं सधैं आफू अर्काको डेरामा बसेर
बिचरा गरिबलाई गिज्याइरहने
सरकार …
त्यो काठमाण्डौं कस्को हो ।

सधैं सधैं तिनै
चोक गल्ली गल्लीका झलमल्ल भट्टीका बोतल
र। गिलासहरुमा
जवानी चिया र भोक एकसाथ पस्किने
तरुनीहरुका अट्टाहास र तिघ्राका साप्राहरुसङ्गै
भालुनिहरुका दुर्गन्धित देहलाई देखेर दुख
अनि कुण्ठित।व्यथाहरू पनि जोक बनेर एकनाश जिस्किरहने
स्मोकका धुवाहरू झै गरेर लगातार
नेपाल आकाशको वायुलहर र कुहिरी मण्डलमा
फगट घमण्डहरुको जवाफ जस्तै उढिरहेको
सरकार …
त्यो गुइए खानी दुषित ढलको बाफ हो
या,
सुन्दर राजधानी काठमाण्डौ ?

सधैं सधै,
तरकारी भाउ मात्र बढिरहने
सधैं बिचौलिया जन्माइरहने
सधैं सधैं ज्यालदर हराइरहने
रातभर भोकाएर कुकुरहरू कराइरहने
दिनभरि चतुरहरू चल्बलाइरहने
जिन्दगीभर किसानले तिरेको कर
र मजदुरको रगत चुसेर
पैसामा
अर्काको पसिना मुसेर
झल्लु स्यालहरू सिङ्गै दरबार पसेको
लुब्ध बिल्ली बालुवाको घरबार बनाएर बसेको
सरकार … !
त्यो काठमाण्डौं कस्को हो?

सधैं सधैं हराभरा पोखराको नज्दिक बसेर
कुनै सुन्दर
तर एकदम अहङ्गकारी नारी झै गरेर
फगत आफूलाई स्वयम स्वर्गको परी
अफ्सरा सम्झिरहने
सरकार … !
त्यो काठमाण्डौ कस्को हो?

सधैं सधैं बसपार्क ठमेल अनि
स्वयम्भु र पशुपतिमा वेश्या बाँदरहरूसँगै
पुच्छर जस्तै भएर
दिनभर किनारमा कुकुर झै सडक डौडिरहने
जिन्दगीभर पृथ्वी झै चक्रपथ घुमिरहने
सरकार … !
त्यो काठमाण्डौं कस्को हो?

सधैं सधै,
रातभर ब्यस्त जुन झै जागरम बसेर
मन्दिर झै बलिरहने
भगवानको भजनभक्त्ती झै बजिरहने
अनि
भुत बिलिन हुने बेला बिहान निदाएर हर्दम
अनि ब्युझिएर स्वयम मध्यान्न
चिहानघारीको चुडेल झै चिच्याएर सडकमा
लमतन्न सर्प झै लम्किरहने
त्यो काठमाण्डौं कस्को हो?

सधैं सधैं लिपुलेक लिम्पुधुरा
कर्णाली, महाकालीको क्रन्दन
सुदुर दूर प्रदेशको आवाज बिर्सदै गैरहेको
नरजन चित्कार जहिले पनि रिफ्लेक्सन हुनै भैरहने
आफैलाई इन्साफ नपुगेर
लाटा र ज्युदालासहरुको इङ्कलाप नबुजेर
बकवाश
कुनै न्यायलय झै
जानी जानी नदी झै निदाइरहेको
कुनै स्वार्थी सरिता झै सुतिरहेको
जाली जाली आफू फुलबारी जस्तै फुलिरहेको
आफ्नै माली भुलिरहेको
केन्द्रबिन्दुमा बसेर पनि
बारम्बार
नेपाली बन्धु बिर्सिरहेको
सरकार … !
त्यो काठमाण्डौं कस्को हो?

पाठेघरबाट लगातार तपतप खुन चुविएर
मरेकी बलात्कृत बहिनीको मृतात्मा
अनि सधैं सधैं
शरीरबाट पसिना र रगतको महासगर बगाएर
निरन्तर हार गुहार माग्दै शहर अदालत धाइरहने
उसका आफ्नै आमा अनि मज्बुर बाउलाई
कहिले
बेइज्जत बनाएर टिचिङ्गको राची पठाइरहने
कहिले लखेटेर गोर्खातिरको गोरखपुर पुर्याउने
कैले खेलाची गरेर
अनि अन्तिममा बेकसुर उस्कै कञ्चनपुर पठाइरहने
सरकार … !
त्यो हजुर हो कि
काठमाण्डौं … ?

सधैं सधै,
सिङ्गहदरबार बागदर्वार र बालुवाटारलाई मात्रै घर मान्ने
सम्झने सधै, आफूलाई मात्र सिङ्गो देश ठान्ने
सदै सदै, आफूलाई मात्र राष्ट्रभक्त्त भण्ठान्ने
गाउका गुञ्जन र पिरहरू पहाडका भिर फेदि
र शिरका सगरमाथाका टाकुराहरुले छेक्ने
कसैका टुहुरा छोरानाति भतुवा कुत्ता झै लखेटिएको
त्यही मरेको बाउ हजुरबुवाले बनाएको
गन्दे गुन्द्रुकले भाउ पाएको
अवसरवादीले दाउ पाएको
जिन्दगीभर सोझोले ठाउँ नपाएको
केवल चतुर स्याल मनमन्दिरमा पसेको
आखिर मजबुर बाहिर बन-जङ्गल अन्दर बसेको
कुटिल बोक्सी वेश्या बिल्ली चुमिरहेछ दुधको कुडो
दुब्लो मरञ्च्यासे चोर मुसो गन्दे छुचुन्द्रो चुसिरहेछ डाडु
भारतबाटै मिचिएको म त जान्छु अब त
बस्न बिहार दिल्ली अनि तमिलनाडु
चम्चेहरू चुसछन दुवैतिर लड्डु
सधैं सधैं
यता न उता बीचको घाँडो
खाइरहन्छन भुत्रो यत्राको आलु
कैले।झण्डु जन्माउने कहिले गुण्डु
कसैलाई रण्डु बनाउने कसैलाई रण्डो
कसैलाई लम्फु या
बारम्बार कसैलाई बाठो अनि कसैलाई नाठो बनाइरहेको
सरकार … !
त्यो काठमाण्डो कस्को हो?

घरको चामल अनि जमिन बेचेर
राहदानी लिएर
राजधानीबाट परदेश उड्न आएको छोरो
जब
मेनपावर नज्दिक दलालबाटै पैसा लुटिएर
बुद्धनगर नजिकैको बैदैशिक रोजगारतिर फर्किएर
मैले निवेदन उजुरमा
दस रुपैया दस्तुरको
टिकट किनेर टास्न नसक्दा
मैले अनि एउटा अग्लो दरबार नजिकैको गेटमा
जिन्दगीभर उभिएर लाजले
ढोका ढक्ढक्याइरहदा
मलाई भतुवा कुत्ता कुकुर झै लखेटेर फाल्ने
सधैं सधैं उत्ता जा भन्दै डुलुवा सडकमा माग्न खेदाउने
इङ्कारको आवाज निकाल्ने
अनि बाघ झै गज्रिएर मलाई भक्तपुर पठाउने
सरकार !
त्यो
हजुर हो … !
कि काठमाण्डौं … ?

कहिलेकाही
भ्रष्टचारीको भवन भत्कदा !
अञ्जान कोही ! चिल्लो कार चडेर धरह्ररा झै सम्झिएर
बिहान बिहानै आएको
उसले सबथोक पाएको भ्रष्टहरुले भाउ पाएको
किसानको टहरा भकारी भत्कदा भने,
चियुरा चाउचाउ पनि नपाएको
अनि ओत लाग्ने ठाउँ पनि नपाएको
श्रीमानको नाउको चुरा फुटाएर
किनारमा पलपल रोइरहेकी बिधुवालाई
सार्बजनिक यातायतको झ्याल र छतमा उभिएर
अँझ गाडी रोकी रोकी
कुरा गर्दै
बेतालमा एकसुर पागल झै हजार चोटि
बेतालमा एकसुरले हजार पटक हाँस्दै फगट हेरिरहेको
हेर्दै खितखित हासिरहेको
सरकार … !
त्यो हजुर हो … !
कि काठमाण्डौं … ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *