Skip to content

हामी बसेको यो शरीर


हामी बसेको यो शरीर घर हैन हाम्रो डेरा हो
अज्ञानता अनि पराधिनताहरुको अधेरा हो

आखिर जञ्जिरमा शेरलाई जिस्काउने उनै हो
हण्टर हैन त्यो स्याल बिल्ली र चराको बचेरा हो

त्यो बौलाह वेश्या बाँदरले अब एकतालमै निल्नेछ
उसको हातमा दिएको देश हैन चिनिचम्फा केरा हो

भ्रष्टचारिको भवन भत्किए राहत एकैछिनमा आउछ
सरकार!तैले हेर्नू बार्नु पर्ने त किसानको जगबेरा हो

जुन दिन तिमी ब्युझ्नेछौ, अनि मात्र थहा पाउनेछौ
त्यो आफ्नु लागि अन्धकार रात या सबेरा हो

हामी बसेको यो शरीर घर हैन हाम्रो डेरा हो
अज्ञानता अनि पराधिनताहरुको अधेरा हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *