Skip to content


जब अन्धकार रातमा
म घरबाट
अँधेरो आकाशमा हेर्दै केही विचार गरिरहेको थिएँ
तब, अचानक
परबाट
पँधेरोबाट
अञ्जान एउटा प्यारो जुनकिरी आएर
मलाई मेरो कानमा सुटुक्क भन्यो,
“के हेर्दैछस ओए केटा
त्यो अँध्यारो आकाशमा ?
तेरो असली जून त अँझै आउनै बाँकी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *