त्यो बालक बा बा भन्दै रोइरहन्छ बारम्बार
बा भन्छ गरिबलाई के दशैं के चाड तिहार?
दिनभरि केबल भाउ सोध्दै ठिक्क हुन्छ
एकैछिनमा उठिजान्छ घरछेवैको बजार
उनीहरू समान धिकार भन्दै चिच्याइरहन्छन
निदाएको बच्चा हो सुन्दै सुन्दैन सरकार
ठेलाले भरिएका हातमा भाग्य हुदैन र भगवान भन
सायद आज पसिनाले नै पुरिदियो निधार
आज सडकमा समातिएको चोर कुकुरले भन्यो
जाली छन् यी मान्छे स्वार्थी छ यो सारा संसार
उसैले रोपेको चामलका टीकाहरु, उसैका जमराहरू
शिरबाट खसाएर यो मान्छे माटोलाई दिन्छ उपहार
म जिन्दगीभर हररोज रगतको रोटी खान्छु, हरबार
म बडादशैंं मान्छु चाहिदैन मलाई कुनै आधार
त्यो बालक बा बा भन्दै रोइरहन्छ बारम्बार
बा भन्छ गरिबलाई के दशैं के चाड तिहार?
