फुटपाटमा यार यौवन बेचेर बाँच्नुपर्छ बदन बेचेर बाँच्नुपर्छ
ईश्वर बचाउ गरीबहरुलाई जीवननभर जीवन बेचेर बाँच्नुपर्छ
भ्रष्टाचारीहरुलाई त केही पनि चाहिँदैन देश बेचिदिए पुग्छ (२)
मन्दिरमा भिखारीहरुलाई भने आफ्नै कफन बेचेर बाँच्नुपर्छ
सर्कार सर्कारलाई त सिङ्गापुर पुग्न करले नै पुग्छ हैन र हजुर ? (२)
सानो रोग लाग्यो भने हाम्लाई सिङ्गै खेत घरागन बेचेर बाँच्नुपर्छ
कलेज पढ्न होस या बिदेश जान ठुलो मान्छे बन्न नै किन नहोस ? (२)
हरेक मान्छेलाई विद्यालयमा आफ्नै बलापन बचपन बेचेर बाँच्नुपर्छ
सडकमा लोग्ने शहीद भयो, मानौ मर्यो मार्यो मेरो धर्मपति फगट (२)
अवला भन्छे अहिले मलाई बाँच्न आफ्नै लोग्नेको निधन बेचेर बाँच्नुपर्छ
यो गरीबीको रेखामुनिको नेपाल ओ ! किसान ! कृषिप्रधान देश यो ? (२)
उसलाई अस्पतालको ओखती खान भण्डारको सबै रासन बेच्नुपर्छ
यो ब्यापार हो विशाल संसार यो दुनिया धर्मको हुँदै हैन हेर हुँदै हैन (२)
जस्तो कि बजारमा बचनले थोते मान्छेहरुलाई मञ्जन बेचेर बाँच्नुपर्छ
दिनरात घामपानी धुँवामा निस्सासिँदै नाङ्गै किनार कहिले कारागारमा (२)
त कहिले बनमा उभिएर बस्न पनि बिरुवालाई हेर पवन बेचेर बाँच्नुपर्छ
सरकार उन्ले बाँच्नकै लागि नै दरबार बाललाई बच्चो बेचिकी हुन (२)
पुग्दैन अह ! पुग्दैपुग्दैन अँझ किड्नी कलेजो मुटुको धड्कन बेच्नुपर्छ
अरे यार फुटपाटमा यौवन बेचेर बाँच्नुपर्छ बदन बेचेर बाँच्नुपर्छ
ईश्वर बचाउ गरीबहरुलाई जिन्दगीभर जीवन बेचेर बाँच्नुपर्छ
