Skip to content

रित्तिनु नै सकिनु हो


रित्तिनु नै सकिनु हो, सोँच्छ समाज किन
पानी राख्न रित्तो गाग्री, खोज्छ समाज किन

रित्तो रित्तो भा’छ रूख, वसन्तले भरिन
उजाड अनि निरस, देख्छ समाज किन

धन देखे नाक धस्छ, दुखी देखे लात कस्छ
पापी मनले ढुङ्गा पूजा, गर्छ समाज किन

साथ चाहे पाउ मोल्छ, स्वार्थ सके विष घोल्छ
एकै शब्द बोल्न स्वार्थ, खोज्छ समाज किन

झिल्कोले जङ्गल जल्छ, निभ्ने बत्ती गाढा बल्छ
अन्दाज गर्दै औकात, जोख्छ समाज किन

किरण कुमार श्रेष्ठ
पालुङटार-१, बान्द्रे गोरखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *