Skip to content

पछि लागियो उस्कै नाममा


पछि लागियो उस्कै नाममा कुनै जमानामा
फोटो हुन्थ्यो दिलको धाममा कुनै जमानामा

कहाँ थिए इमेल यी कहाँ थिए फेसबुक
चिट्ठी पठाइन्थ्यो खाममा कुनै जमानामा

महङ्गी बढेको त हाम्रो पालामा मात्रै न हो
घ्यू पाइन्थ्यो सुका दाममा कुनै जमानामा

यी भट्टीहरू खुलेका धेरै भएका छैनन्
मन्दिर थियो यही ठाममा कुनै जमानामा

रस छैन रङ्ग छैन कुनै स्वाद भेटिदैन
मजा आउँथ्यो यही काममा कुनै जमानामा

भिनपा ४ चरीकोट दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *