Skip to content

लकडाउनमा भोका

लकडाउनमा फैलिदैछ भोक र भोकमरी,
सरकारले बाँडन थालेको छ राहत सामग्री,
मन फुरुंग बनाउँदै गएँ लिन राहत सामग्री,
घन्टौ बसें, पाइएन नागरिकता बिना राहत सामग्री ।१।

विश्वव्यापी बनेको कोरोना भाइरस,
मानवताकै नाताले सहयोग पाउँने थियो आश,
तर, न मतदाता न नागरिकता अनि कसले पो गर्छ विश्वास,
रित्तो हात फर्के हुँदै निराश ।२।

पहिले पार्टीको सदस्यता खोजे,
पछि कार्यकर्ताको सिफारिस पनि खोजे,
अझ हुँदै नभएको कुराहरु पनि मसंग खोजे,
म भने गरिब, असहाय र निरीह हुँ भनेर सम्झाउन खोजे ।३।

तीन तहको सरकार छ,
तर पनि ज्यालामजदुरी गर्ने भोकभोकै छ,
ठाउँ–ठाउँमा राहत खुबै बाँडिएको सुनिन्छ,
काम गरेर खानेको अझैपनि चुलो नबलेको सुनिन्छ ।४।

सुनिन्छ पल्लोघरेकोमा थन्किए पोकाका पोका,
सरकारले लागू गर्यो राहतमा एकद्वारे ढोका,
जनप्रतिनिधि पहिले पुग्छन् आफ्ना मतदाताको ढोका,
लकडाउनमा पेट बाँधिएकाहरु बाध्य छन् बस्न भोका ।५।

(२०७७ वैशाख ९ गते मंगलबार राति ९ः१५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *