Skip to content

देश–सीमा र लोकतन्त्र

लुटेराहरुका बीचबाट,
बहुमत आधारमा,
नेता छान्नु्,
लोकतन्त्र होइन ।१।

कार्यकर्ताका विचार,
जनताको भन्दै,
प्रचार गर्नु,
लोकतन्त्र होइन ।२।

सेनासंग बन्दूक,
तर देश–सीमा रक्षामा,
नेताको निर्देशन पर्खनु,
लोकतन्त्र होइन ।३।

दल एकै,
नेता अनेक,
पद जोगाउन भागबन्डा गर्नु,
लोकतन्त्र होइन ।४।

जनताका पीर,
मर्का–दुःखमा,
सरकार, साथी नबन्नु,
लोकतन्त्र होइन ।५।

जन–करबाट,
सुखशयलमा रमाउँदै,
सुविधाभोगमा ललायित हुनु,
लोकतन्त्र होइन ।६।

नागरिकका मर्म,
घाउमा मलहम पट्टी,
लगाउन नसक्नु,,
लोकतन्त्र होइन ।७।

सीमा मिचिदा,
मातृभूमिको रक्षामा,
सत्तासिनमै अज्ञानता प्रदर्शन गर्नु,
लोकतन्त्र होइन ।८।

मतदाता,
जनादेशको अपमान,
घरी–घरी गर्नु ,
लोकतन्त्र होइन ।९।

दुई तिहाई,
बहुमतको सरकार,
अन्य दल फुटाउन खोज्नु,
लोकतन्त्र होइन ।१०।

देश एकै,
रंग–भूगोल फरक,
दोस्रो दर्जाको व्यवहार गर्नु,
लोकतन्त्र होइन ।११।

कलंकी–शिवनगर, काठमाडौैं । २०७७ वैशाख ३१ । दिउँसो ३ः३५ बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *