Skip to content


आयो हावा सिरसिर नयाँ वर्षको आज फेरि।
नौला नौला प्रगती पथमा लम।कने जोग हेरी॥
हेर्दा हेर्दै अति रहरिलो बन्न पुगे बगैंचा।
मीठो हावा सरर बहँदा हाँस्न थाले फलैंचा॥

नौलो शोभा दिन प्रकृतिले विश्वलाई सिकायो।
आफू पग्ली हिमशिखरले प्यासलाई हटायो॥
फल्छन् फुल्छन् अब सब गरू भाव कस्तो उदार।
मान्छे हामी पनि अब बनौं भावनाका भँडार॥

हामी आफू जति जति बन्यौं विश्व यो बन्छ उत्ति।
हामी आफू जति जति बढ्यौं विश्व यो बढ्छ उत्ति॥
हामी जानौं कति छ जगमा आज हाम्रो महत्व।
हामी बिग्रे कसरी रहला देशको शुद्ध तत्त्व॥

सेवा ठुलो जगतभरमा हुन्छ यै धर्म कर्म।
राम्रो सोचौं सबजन सधैं हुन्न कैल्यै अधर्म॥
यस्तै मीठा सरस मनमा भाव नौला पलाउन्।
बाँचौं आफ्नै श्रम र सीपले सिर्जना भुल्न आउन्॥

1 thought on “सिर्जना झुल्न आउन्”

  1. lau lau kabita nikai ramro
    lau lau kabita nikai ramro lekhnu hudo rahe6… yo chhanda kabita lekhne tarika chahi
    hamilai pani eso sikaidinu bhae ali ramro hunethiyo ki..

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *