Skip to content

के छ गधाले बोकेको फलामको बाकसमा ?


इरान देशमा पहिले राजा थिए । उनी जनताको भलाइ गर्न सधैँ अगाडि सर्थे तर पनि देशका पहाडी जिल्लाहरूमा बस्ने मानिसहरू गरिब थिए । धेरैले भेंडा चराएर आˆनो जीवन चलाउँथे । उनीहरूको जीवन भेंडा गोठालामा नै बित्थ्यो । एउटा गाउँमा दारा नाम गरेको एउटा भेंडा गोठालो थियो । अरू गोठालाहरू जस्तै उसले पनि लेख्न पढ्न जानेको थिएन । ऊ कहिल्यै पनि स्कुल गएन । तर ऊ धेरै बुद्धिमान र सरल थियो । उमेर बढ्दै गएपछि ऊ अरू बुद्धिमान भयो । गाउँका मानिसहरू केही समस्या पर्‍यो कि उसैकहाँ आउँथे र उसले पनि आˆनो अनुभवले भ्याएसम्म राम्रो सल्लाह दिन्थ्यो । ऊ राम्रो सल्लाह दिने मानिसमा गनिन थाल्यो । उसलाई दारा, असल मानिस भनिन थालियो । यसले गर्दा उसलाई नजीकका गाउँका मानिसले पनि निकै चिने । ऊ जसलाई पनि राम्रो सल्लाह दिन्थ्यो । उसलाई चिन्ने मानिस धेरै भए । यसबाट उसले केही आमदानी पनि गर्न थाल्यो ।

ऊ सधैँ आफूकहाँ सल्लाह लिन आउने मानिसको विषयमा मात्र सोचिरहन्थ्यो । उसले सधँै भेडको छालाबाट बनेको बाहुला नभएको बख्खु लगाउँथ्यो । उसलाई आˆनो ख्याति बढेता पनि म सानो भेंडागोठालो हुँ भनी सम्भिmरहन्थ्यो ।

विस्तारै विस्तारै एक कान दुई कान मैदान भनेझैँ दारा एकदम राम्रो सल्लाह दिन्छ, ऊ बुद्धिमान् छ भन्ने कुरा त्यहाँका राजाको कानमा पुग्यो । त्यतिबेला राजालाई पनि समस्या आइपरेको थियो । उनका केही मन्त्रीहरू बेइमान भएकाले राज्यमा केही असन्तोष फैलिन लागेको थियो । राजाले दारालाई बोलाई सल्लाह लिने विचार गरी उनलाई बोलाउन लगाए । दाराको इमानदारी र उसको तीखो बुद्धि देखेर राजा छक्क परे । राजाले उसलाई सानो जिल्लाको गभर्नर बनाए ।

दारालाई त्यो पद त्यति मन परेको त थिएन तैपनि राजाको आज्ञा नमान्दा अरू कठिनाइ आईपर्न सक्ने भएकोले त्यो पद स्वीकार गरे । उनी जुन जिल्लाका गभर्नर भए त्यो ठाउँका मानिसले उनलाई चिनेका थिए । त्यसैले उनीहरू धेरै नै खुसी भए । अब दाराले हिँड्न नपर्ने भयो, ऊ घोडामा चढी यताउति डुल्थ्यो तर उसले आफूलाई कहिल्यै पनि ठूलो मान्छे ठानेन । उसले अहिले पनि भित्र उही पुरानो भेंडाको छालाको बख्खु लाउँथ्यो र बाहिर सरकारी राम्रो लुगा लगाउँथ्यो । ऊ आफूलाई समान्य मानिस हुँ भनी संझाइरहन चाहन्थ्यो । उसमा घमण्ड अलिकति पनि थिएन । ऊ अहिले पनि गाउँमा नै बस्थ्यो र साधारण खानेकुरा खान्थ्यो । ऊ जहाँजहाँ जान्थ्यो त्यहाँका मानिसहरूको समस्या राम्ररी सुन्थ्यो र समाधान गर्न लाग्थ्यो । उसको व्यवहारले गर्दा त्यो जिल्लाका मानिस एकदमै खुसी थिए र उन्नति पनि भएको थियो ।

दारा कामको सिलसिलामा घोडा चढेर गाउँ गाउँ पुग्थ्यो । उसको पछिपछि सधँै एउटा गधा पनि हुन्थ्यो । त्यो गधाको पिठ्यूँमा फलामको सानो बाकस पनि हुन्थ्यो । त्यो बाकसमा के छ कसैलाई पनि थाहा थिएन तर त्यो बाकसको हेरचाह दाराले निकै सावधानीका साथ गथ्र्याे, यो चाहिँ सबैलाई थाहा थियो । दाराका पनि सत्रु थिए । केही दरबारीयाहरू उसलाई रुचाउँदैनथे । उनीहरूले त्यो बाकसमा सुन, चाँदी, हीरा, जुहारातहरू छन् भनी हल्ला फैलाइदिए । त्यो हल्लाले केही गाउँलेलाई पनि छोयो र उनीहरू दारालाई शङ्का गर्न थाले । उनीहरूलाई लाग्यो दाराले गरिबहरूलाई शोषण गरी सुन, चाँदी जम्मा गर्न थाल्यो । दाराको बदनाम हुन थाल्यो र गाउँलेहरूले उसलाई विश्वास गर्न पनि छोडे ।

यो हल्ला राजाको कानमा पनि पुग्यो । राजालाई चिन्ता लाग्यो । राजालाई त्यो कुरा सत्य हो कि होइन पत्ता लगाउन मन लाग्यो । आˆना मन्त्रीका कुरालाई विश्वास नगरी राजा आफैँ कुरा बुझ्न दाराको गाउँमा गए । दारा गाउँमा पाल टाँगेर सुतिरहेको थियो । अकस्मात आफूकहाँ राजा आएको देखेर दारा छक्क पर्‍यो । राजाको स्वागत गर्न ऊ राजाको घोडा नजीक पुग्यो र अभिवादन गर्‍यो ।

गधाको पिठ्यूँमा फलामको बाकस देखेर राजालाई रिस उठ्यो । राजाले दाराको अभिवादनको जवाफ पनि फर्काएनन् । राजाले रिसाउँदै भने-तिमीलाई विश्वास गरी यति ठूलो पद दिएँ, जनताको हित गरौला भनी सोचेको थिएँ । तिमी त बेइमान पो निस्क्यौ Û तिमीले आफूलाई त्यो पदको लागि नालायक सावित गरेका छौ । तिमीले गरिबलाई लुटेका रहेछौ । त्यो फलामको बाकस खोल र आˆना सम्पत्ति देखाइहाल ।

दारा बुद्धिमान् त थियो नै । उसले थाहा पायो, राजाको कान मन्त्रीहरूले निकै भरेका रहेछन् भनेर । उसले केही पनि नबोली गधाको पिठ्यँूबाट बाकस त झारेर विस्तारै खोल्यो । राजाका कर्मचारी र सिपाइहरू ठूल्ठूला आँखा लगाई बाकसमा हेरिरहेका थिए । बाकस खुल्यो । बाकसमा भएका चीजहरू देखेर राजा छक्क परे । बाकसबाट सुन, चाँदी होइन भेंडाको छालाबाट बनेको पुरानो बख्खु पो निस्क्यो । राजालाई आफूदेखि साह्रैै रिस पनि उठ्यो, बिना सोचविचार यसरी एक असल मानिसलाई शङ्का गरेकोमा पश्चाताप पनि भयो । दाराले भन्यो- “महाराज, यही हो मेरो खजाना जुन मलाई हीरा जुहारात भन्दा पनि प्यारो छ । यसलाई म कहिल्यै पनि छोड्न सक्दिन । म जहाँ जहाँ जान्छु यसलाई मसँगै राख्छु । यसले मलाई म कुनै बखत भेंडा गोठालो थिएँ भनी सम्झाइरहन्छ । यसले मलाई खुसी दिन्छ ।”

राजालाई खुसी लाग्यो आफूले पत्याएको मानिस इमान्दार पाएर । राजाले आफूसँग आएका मन्त्रीतिर फकर्ंदै भने-जसलाई हामीले बेइमान लुटेरा सम्झेका थियौँ त्यो त हाम्रो देशका सबैभन्दा इमानदार मानिस पो रहेछ । अब भोलिदेखि दारा अझ ठूलो जिल्लाको गभर्नर हुनेछ ।

दारालाई आरोप लगाउने मन्त्रीहरू चाहिँ लाजले मुख रातो पार्न थाले ।

1 thought on “के छ गधाले बोकेको फलामको बाकसमा ?”

  1. At the turn of the century,
    At the turn of the century, there best web hosting were few career choices for women in business; however, advertising was one of the few. Since women were responsible for most of dedicated hosting the purchasing done in their household, advertisers and agencies recognized the value of women’s wireless internet providers insight during the creative process. In fact, the first American advertising to use a sexual sell was created by a woman – for a soap product. Although tame by today’s standards, the advertisement cheap vps featured a couple with the message “The skin you love to touch”.

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *