Skip to content


बिस्तारै छायो आँखामा अँध्यारो आवाज मधुरो
सुस्तरी सास हुँदै थियो फित्तलो, आँसुको ओइरो

लिन मलाई कोही आइरहेछ हात बढाइरहेछ
सधैं सधैंको लागि अर्कै लोकमा बोलाइरहेछ
कहाँ जाँदैछु कोसँगै जाँदैछु सम्बन्ध कस्तो गहिरो

चिच्याउन मन भइरहेछ बोली बिलाइरहेछ
पल पल यो क्षणहरू यहीं कहीं हराइरहेछ
कहाँ पुग्दैछु कोसँग भेट्दैछ धुम्म छ कुहिरो

शब्द – नरेशदेव पन्त
स्वर – कर्ण दास
संगीत – बिजु बज्र
एल्बम – पुरानो डुङ्गा

2 thoughts on “बिस्तारै छायो आँखामा अँध्यारो”

  1. बिस्तारै छायो आँखामा अँध्यारो
    बिस्तारै छायो आँखामा अँध्यारो आवाज मधुरो
    सुस्तरी सास हुँदै थियो फित्तलो, आँसुको ओइरो

    Ramrp lagyo naresh ji Thanks

    Manoj kafle
    kuwait
    mansun2036@yahoo.com

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *