रिसाउँदा आगो हुन्छौ खुशी हुँदा पानी
शायद यस्तै हुन्छ क्यारे माया गर्ने बानी
घुर्क्याउँछौ कहिले काहीं कुरा जान्दा जान्दै
लाडिएर बोल्छौ फेरी अंगालोमा तान्दै
शर्माउँछौ आफै अनि लाज मानी मानी
शायद यस्तै हुन्छ क्यारे माया गर्ने बानी
ठट्टा गर्दै कहिले काहीं धेरै सताउँछौ
रुवाएर आँसु पुच्छदै फेरी फकाउँछौ
सुताउँछौ काखै माथि अनि तानी तानी
शायद यस्तै हुन्छ क्यारे माया गर्ने बानी

रसीलो गीत सुनील जी,
हो रहेछ
रसीलो गीत सुनील जी,
हो रहेछ साहित्यले कहिले रोएको मन हसाउछ, अनि कहिले स्मृति बल्झाई बल्झाई रुवाउछ !
अनि कहिले लाजले पानी पानी बनाउदो रहेछ ! अझ पब्लिकका लागी नभै,
मायालुकै लागी मात्र लेखिने साहित्यले त के पो गर्ला?
सुनिल जी,
उत्कृष्ट भाव छ ।
सुनिल जी,
उत्कृष्ट भाव छ । आगमि दिनमा पनि यस्तै आशा राख्दछु ।
प्रकाश
Hello sunil ji,what a song?I
Hello sunil ji,what a song?I like this song very much.To be continue.Bina
सुनिल जी, मिठा मिठा गीतहरु
सुनिल जी, मिठा मिठा गीतहरु पढ्न पाईएको थियो ।केहि समय अगाडि एक हाम्रो मित्रको सहयोगमा तपाईको गितहरु सुन्ने मौका मिल्यो सार्है मिठा लागे । अझ मिठा गीतहरु नियमित सुन्न पाउने आशा गर्दै ।