Skip to content

कोशीको छाल संगै, रुनु हुन्न सानु
सधै बालुवाको बगर, हुनु हुन्न सानु

कति स्वार्थी लोभीपापी, संसार छ तिम्रो
आँखा चिम्ली गुलाफ पनि, छुनु हुन्न सानु

हिजो पनि रातभरि, के सम्झी रोयौ?
आँसुले नै रुमाल सारा, धुनु हुन्न सानु

बाँधी राख छातिभित्र, दुख परे पनि
सबै सामु मनको व्यथा, फुनु हुन्न सानु

कैले सानी कैले ठुली, कैले काली औंसी
चन्द्रमा नि सधै प्यारी, “जुनु” हुन्न सानु ।

12 thoughts on “गजल”

    1. thank you bishnu !
      hera na

      thank you bishnu !
      hera na aajkal chat ma basne fursad nai chhaina.
      busy ko busy chhu, fb ra blog ma ni timro comment padhe.
      we’ll keep in touch .

  1. बाँकि के छ र भएजति सबै
    बाँकि के छ र भएजति सबै लुट्यौ
    बार्हैमास गाईपनि दुहुनु हुन्न सानु ।

    फेरि निराशाबादि शेर एउटा थपिदिएँ । कृष्णजी स्विकार गर्नुहोला ।गजल राम्रो छ ।शेरहरुको मिटर लामो छोटो भएको होकि जस्तो लाग्यो ।

  2. कृष्ण जी,
    शब्द सन्योजन राम्रो

    कृष्ण जी,
    शब्द सन्योजन राम्रो छ । भाव त झनै गहकिलो ।
    कति स्वार्थी लोभीपापी संसार छ तिम्रो यहाँ
    आँखा चिम्ली गुलाफ पनि छुनु हुन्न सानु

    हिजो पनि रातभरि केके सम्झी रोयौ अरे
    आँसुले नै रुमाल सारा धुनु हुन्न सानु

    प्रकाश

    1. वाह ! वाह !! शेर माथि शायरका
      वाह ! वाह !! शेर माथि शायरका ताँति । । ।
      मझेरीको रफ्तार कति छिटो हुन थालेको होला! १ दिन नचिहाउँदा रचनाको पुच्छर समात्न पानि गारो हुन थाल्यो गाँठ्ठे !!!

  3. धेरै धेरै धन्यवाद दिनेश जी
    धेरै धेरै धन्यवाद दिनेश जी ,
    हो त नि, यो ग़ज़लको महेफिल खुब जेमेको बेला मीटरतिर त ध्यान नै नदिई टासी हालेछु, अहिले अली कति सच्याएको छु, त्यही पनि भनेजस्तो अझ मिलेको छैन ।

    प्रकाशजीको हौसलाको लागि धेरै धन्यवाद, साच्चै भनु भने यों भेलमा अरुले ग़ज़लको नाउ खियाएको देखेर देखासिकी गरेको मात्र हूं, प्राविधिक पक्षमा त्यति ज्ञान छैन, नियम मिलायो भाव मर्ला जस्तो हुने, भाव लाइ बढ़ी प्राथमिकता दियो उता नियम टेढीने, दुवैको संतुलन गर्न अली गाह्रो नै हुने रहेछ !

  4. गजल एकदम राम्रो छ कफिया
    गजल एकदम राम्रो छ कफिया प्रयोग राम्रो छ भाव उतिकै बलियो छ तर अलिकति मिटर चाँही मिलेको छैन हतार नगरि लेख्नुस है वहर नभए पनि मिटर त मिलाउनै पर्छ है ।
    सुनिल संगम

  5. दिनेश जी,
    सँगम जी,

    दिनेश जी,
    सँगम जी,
    गजल को भाषामा एस्लाई मिटर नै भन्छन र ??? यहाँ मिटर को चर्चा हुन थाल्यो र मेरो ध्यान नि त्यतै गयो । कि नियम पनि समबे शी बनेको हो ?
    प्रकाश

  6. कति स्वार्थी लोभीपापी, संसार
    कति स्वार्थी लोभीपापी, संसार छ तिम्रो
    आँखा चिम्ली गुलाफ पनि, छुनु हुन्न सानु

    वाह! क्या शब्द संयोजन छ ।
    सबै शेरहरु गजल अत्यन्त प्रीय छन तर यो माथिको शेर भने एकदमै मन पर्‍यो ।

    थोरै शब्दमा पुरै सामाजको चित्रण गर्नु भइको छ। उत्कृष्ट ।

Leave a Reply to dineshraj gyawali Cancel reply

Your email address will not be published. Required fields are marked *