
डोटेली भाषामा शब्दहरूको त्यस्तो कुँजी डेउडा हो जसले डोटेली भाषा र डोटेली लोकसाहित्यमा विशेष महत्व राख्दछ। डोटेली क्षेत्रमा डेउडाको विशेष महत्व रहेको छ, कला-साहित्य प्रेमिहरुका लागि डोटेली भाषामा अध्ययन अनुसन्धानका लागि समेत रोचक छ ।
डोटेली भाषाभित्र महत्वपूर्ण रोचक शब्दहरू रहेका छन् ती शब्दहरुलाई विभिन्न सांगीतिक एवं साहित्यिक भाकाबाट पनि उजागर गर्दै गरेको पाइन्छ ।
आजभोलि गीत, गजलको माध्यमबाट विभिन्न किसिमका मौलिक संस्कृतिहरूको उजागर गर्ने प्रयत्न युवापुस्तामा देखिन्छ डोटेली भाषामा रहेका विभिन्न मौलिक संस्कृति सभ्यताका शब्दहरुलाई गीतको माध्यमबाट प्रस्तुति गर्ने जमर्कोले मात्र पुग्दैन श्रोताको मन लोभ्याउन त्यसलाई रमाइलो तरिकाले प्रस्तुत गर्नेहरू आजभोलि प्रयत्नरत छन् त्यसमध्ये गरिएको लाल साउद, जितेन्द्र महताको पिरती को खेला एल्बम केही रिमिक्स ट्विष्ट पनि देखिन्छ ।
देउडामा गाइने झर्रा डोटेली भाषिक शब्दको सम्मिश्रणमा रहेको लोक आधुनिक देउडा गीत ” पिरतीको खेलामा सुदुरपश्चिम समाज, कोरियाको सामाजिक अभियानमा आवद्ध पूर्व अध्यक्षद्वय लाल साउद र जितेन्द्र महताले सो गीतका शब्द कोरेका छन् भने पूर्व नेपाल आइडल रवि ओड र लोक देउडा तथा आधुनिक गायिका पुष्पा बोहराको कर्णप्रिय आवाजले गीत छङ्छङ बगेको छ।
चर्चित कोरियोग्राफर विक्रम चौहानको कोरियोग्राफीमा चर्चित मोडेल चक्र बम, नवोदित मोडेल रोजी कुँवर लगायतको अभिनयले गीतमा रहेको प्रेम कहानी जीवन्त बनेको देख्न सकिन्छ। गीतको एरेञ्ज सुरेश शाहीले गरेका छन् भने कोरियामा रहेका देउडाप्रेमीहरूको सहकार्यमा गीत तयार भएको हो।
गीतमा नायकले नायिकालाई पारिजातको सुन्दर फूल भनेर आकर्षित गर्न खोजेको छन् भने नायिकाले पनि आफ्नो प्रेमिलाई सयपत्रीको फूल( सुपमा हजारी जातको फूल भनिन्छ) भनेर चित्रित गरिएको छ।
कूल चार चार जोडी अन्तरा रहेको गीत शब्दका हिसावले उत्कृष्ट एवं सदावहार रहेको प्रतित हुन्छ। बिहे गर्ने बेला म कति खुशी हुँला भन्ने अर्थ झल्काउने गीतको कथा सुयोगान्त रहेको छ। S3K Entertainment यु ट्युब च्यानलमा गीत अपलोड गरिएको छ ।
गीतमा प्रयोग भएका शब्द र अर्थ :
पनिऊँकी जुनेली रात = पूर्णिमाको जुनेली रात
रङ्गी = विनोदप्रिय
सुवा = प्रेमिकालाई बोलाउने शब्द
रूवशकी खात = देख्नमा साह्रै सुन्दरी
केलडीका पात = केराको पात
साई = आफ्नो प्रेमिलाई केटीले बोलाउने शब्द
हजारी = सयपत्री फूल
गात = मन्दिरभित्रको मूर्ति राखिएको गोप्य ठाउँ, जहाँ पुजारी मात्रै जान पाउँछ
कलाउँ = केराउ
मुगामाल = मुगाको माला
डाल = डाली, रूख
चडाई = चरी झैँ उडेर
हिरूलाल = प्रेमिका
बौलो जोवन = युवावस्था
मात = बैस चढेर मात्तिएको
थात = ठाउँ
मुस्काई = मुस्क्राएर
पिरौता = पिरती
घात = अन्तरघात
तोली = तौलेर
खर्क = घाँस काट्दा वा गाई भैँसी पाल्न अस्थायी रूपले बस्न बनाएको बेसीतिरको टहरो
शिवराज कलौनी
