Skip to content
RajeshBidrohi-Rajbiraj

‘आयो अनि आयो ! सबै आउनुस् । मौका पर्खँदैन । हुने कुरा टारेर टर्दैन । माग्न मिल्दैन । चोर्न सकिँदैन । सोझै भन्नुपर्छ । नढाँटी २/४ पैसा कमाउनुपर्छ । आउनुस् ।’

एक भारी कपडा बोकेर गरुराहा गाउँ पसेको व्यापारीलाई रानी मौरी सम्झेर कर्मी मौरीले घेरेझैँ घेरेर आधा घण्टामै सारा मालसमान किनिदिए गाउँलेले ।

‘सारै सस्तो दियो । अरू किन्न मन थियो । हारालुछ गरिहाले ।’ सबैको मुखबाट यही वाक्य निस्किरहेको थियो । व्यापारी पनि खल्ती मोटो पारेर हिँडिहाल्यो ।

गाउँलेले कपडा लगाएको १/२ दिनमै च्यातिन थाल्यो । यसो तङ्काउँदा वारपार च्यातिएर गयो । सबै कपडा मक्किएको सावित भयो ।

–राजेश विद्रोही
लहान, सिरहा । २०७८–०७– १४

Leave a Reply

Your email address will not be published. Required fields are marked *