Skip to content


अचेल नेपाली हर मौसम हर याममा ब्यस्त
कोही शहरमा त कोही गाममा ब्यस्त

पेट्रोल नपाउने पेट्रोलको लाममा ब्यस्त
पेट्रोल पाउने सवारिको जाममा ब्यस्त

सर्वहारा शरिर खियाई घाममा ब्यस्त
हाकिमसाब कसैले दिएको खाममा ब्यस्त

नेताजी सधै काग्रेस् र बाममा ब्यस्त
ब्यापारी कालोबजार र दाममा ब्यस्त

बिद्यार्थीचाही गाजा र भाङ् मा ब्यस्त
बूढाबूढी धर्म पाउन चार धाममा ब्यस्त

देशको चिन्ता छैन आफ्नै काममा ब्यस्त
त्यसैलै त नेपालको हालत अस्तब्यस्त

3 thoughts on “गजल”

    1. someone pls tell me how to
      someone pls tell me how to write a gazal then
      i was also not sure whether this was a correct structure
      actually

  1. >त्यसैलै त नेपालको हालत
    >त्यसैलै त नेपालको हालत अस्तब्यस्त
    यो चाहिं अलि मिलेन कि!

    गजल लेख्नको लागि यी तलका लेखहरू उपयोगी हुनेछन्।

    गजल बारे छोटो चर्चा
    http://dautari.org/2008/12/blog-post_7009.html

    गजलमा लयविधान
    https://www.majheri.com/?q=node/239

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *