Skip to content


पग्लिएर मन किन भयो पानी पानी
फेरि तिम्रो झझल्कोमा डुब्यो जिन्दगानी

बिहानीको झुल्के घाममा शीतसंगै फुल्छौ
साँझ पर्दा एकान्तमा जूनसंगै डुल्छौ
जति बिर्सु भने पनि सम्झिदिने बानी
फेरि तिम्रो झझल्कोमा डुब्यो जिन्दगानी

रोइ बस्दा आँखाभरि आँसुसंगै आउँछौ
आँखा चिम्ले निदैभरि सपनिमा धाउँछौ
जति टाढा भए पनि ल्याउछौ तनी तानी
फेरि तिम्रो झझल्कोमा डुब्यो जिन्दगानी

पग्लिएर मन किन भयो पानी पानी
फेरी तिम्रो झझल्कोमा डुब्यो जिन्दगानी

स्वर – प्राशना शाक्य
संगीत – गोपी उदास
रचना – सुनिल संगम
गीति एल्बम-याद

5 thoughts on “पग्लिएर मन किन”

  1. रोइ बस्दा आँखाभरि आँसुसंगै
    रोइ बस्दा आँखाभरि आँसुसंगै आउँछौ
    आँखा चिम्ले निदैभरि सपनिमा धाउँछौ
    जति टाढा भए पनि ल्याउछौ तनी तानी
    फेरि तिम्रो झझल्कोमा डुब्यो जिन्दगानी

    उत्कृष्ट शब्द संयोजन सुनिल जि तपाईंका गीतहरुको सङ्ग्रह सुन्ने ईच्छा ब्यक्त गर्दछु कुनै त्यस्तो उपाय छ मैले तपाईंको गीतको प्रती पाउन?

  2. सुनिल जी, मीठो छ गीत
    सुनिल जी, मीठो छ गीत ।
    पग्लिएर मन किन भयो पानी पानी
    फेरि तिम्रो झझल्कोमा डुब्यो जिन्दगानी

    अन्तरा झनै मीठो ।

  3. पग्लिएर मन किन भयो पानी
    पग्लिएर मन किन भयो पानी पानी
    फेरी तिम्रो झझल्कोमा डुब्यो जिन्दगानी

    सुनिल जी, मीठो छ………….

    Manoj kafle
    kuwait

  4. comment ko lagi sabai lai
    comment ko lagi sabai lai dhanyabad anubhav ji mail id pathaun hol ma geet send gari dinchhu

Leave a Reply to Manoj kafle Cancel reply

Your email address will not be published. Required fields are marked *