Skip to content

अँजुलीभरी मलाई माया कोसेली दिएर

  • by


अँजुलीभरी मलाई माया कोसेली दिएर
जीवनभरको व्यथा दियौ कसरी रोजेर ।

हाँस्दा देखेँ माया तिम्रो सुकुमारी फूल
तर रहेछ जीवनभरको मुटु पोल्ने भूल

खोजेथेँ वसन्तको हरियाली पाउन
तर लागे जीवनमा पतझड नै छाउन ।

खोला तरी जान खोज्दा पर्‍यो बीचमा डुङ्गा
विषैविषको रै’छ माया तिम्रो फूलका थुङ्गा

बगाउन खोज्दछु पीर आँसुले पखाली
हृदय नै पत्थर बनी राख्दछ सँगाली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *