अँजुलीभरी मलाई माया कोसेली दिएर
जीवनभरको व्यथा दियौ कसरी रोजेर ।
हाँस्दा देखेँ माया तिम्रो सुकुमारी फूल
तर रहेछ जीवनभरको मुटु पोल्ने भूल
खोजेथेँ वसन्तको हरियाली पाउन
तर लागे जीवनमा पतझड नै छाउन ।
खोला तरी जान खोज्दा पर्यो बीचमा डुङ्गा
विषैविषको रै’छ माया तिम्रो फूलका थुङ्गा
बगाउन खोज्दछु पीर आँसुले पखाली
हृदय नै पत्थर बनी राख्दछ सँगाली ।
