उषा उजेली रङकी तरेली
झरी अँधेरी रजनी धकेली
चरीबरी रुखभरि कराए
सङ्केत नौला दिनको गराए ।
यौटै धुरीका पनि दाजुभाइ
अचम्म लाग्दो सपना पत्याई
विभेद निम्नोन्नतको बनाई
घुरेर हेर्थे अघि भाइलाई ।
बिहानले बल्ल सबै जगायो
विभेद स्वप्नाश्रति त्यो हरायो
बुझेर अज्ञान सबै लजाए
सम्झेर स्वप्ना सब मुस्कुराए ।
यौटा मिठो जागृति गीत घन्क्यो
बस्तीभरि चेतन-दीप सल्क्यो
आकाश गुञ्ज्यो समवेत गान
धर्ती चुमे सूर्य झरी बिहान ।