Skip to content

भो अघाएँ नथाप्नुस् पिरो भो

  • by


भो अघाएँ नथाप्नुस् पिरो भो अब
लिनु धेरै थियो त्यही तिरो भो अब ।

कस्तो दृष्टि तपाईंको कस्तो सोचाइ
हिजोसम्मको पशुपक्षी कीरो भो अब ?

भन्नुहुन्थ्यो जिन्दगी गुलाफको फूल
अहो! काँक्रोको रसिलो चिरो भो अब!

मरुन्च्याँसे भन्थे सबै अल्लारे भन्थे
अलि कमाउने के भयो हिरो भो अब ?

-कर्मैया, सर्लाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *