Skip to content


कति माया लाग्छ रे मै ढुंग्रेमुन्द्रीको
आमाले माया गरी किनिदिएको
पूर्खाको पेवा पैसा गनिदिएको

निधारमा टिका नाकमा फुली सिरैमा सिरबन्दी
गलामा लाउँछु कम्पनी माला भएर पियारी
बाबाले माया गरी किनिदिएको
पसिनाको कमाइ पोखिदिएको

हातमा चुरा गोडामा कल्ली नाकैमा बुलाकी
तनैमा लाउँछु चेप्टे सुन हजुर शिरैमा शिरफूल
दाजुले माया गरी किनिदिएको
पसिनाको कमाइ पोखिदिएको

शब्द: वुद्धवीर लामा
स्वर: कुन्ती मोक्तान
संगीत: शीलाबहादुर मोक्तान
एल्बम: चोली राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *