थाकें जिन्दगीको यात्रामा भो साहस नदेऊ
सहरा दिई यो मनभरि दु:ख नदेऊ
कल्पनामा बाँच्न खोज्छ मेरा सपना
सपना नै रमाउन खोज्छ मेरा चाहना
दुई हात छन् भो साथ नदेऊ
थाकें जिन्दगीको यात्रामा भो साहस नदेऊ
छाती पोली मुटु दुख्दा हाँस्न सकिन
यति धेरै माया दियौ साँच्न सकिन
दिलमा चोट लाग्यो भो आघात नदेऊ
थाके जिन्दगीको यात्रामा भो साहस नदेऊ
थाकें जिन्दगीको यात्रामा भो साहस नदेऊ
सहरा दिइ यो मन भरी दु:ख नदेउ …………!!!
