सगरमाथाको विशाल काखमा
फेवातालको जलमा माछापुछ्रे्र छायाँ
बुद्धको उपदेश मन शान्त पार्ने
वीर गोर्खाली पुर्खा कहिल्यै नहार्ने
परिचय हाम्रो यही हो नेपालका
अनन्त उपदेश यही पुर्खाको
जान्दैनौ झुक्न शत्रुको छेउमा
रगतको थोपा रहेसम्म जीउमा ।
पुर्खा थिए हाम्रा निडर र बलिया
गोर्खाली देखेर शत्रुको मुटु हल्लियो
देश बचाउन प्राण बलि दिने
पुर्खाको गाथा भुल्नै नसक्ने ।
शड्ढर उप्रेती ‘सविन’
अमर ज्योति उमावि, खरानिटार, नुवाकोट ।
