Skip to content


अनेकतामा एकता छ मेरो देशमा
वैरीकासामु नझुक्ने शक्ति छ हामीमा
नेपाल निर्माण गर्न हामी कसरत गरौँ
अन्याय र अत्याचारविरुद्ध डटेर लडौँ ।
एक-एक थुँगा जोडी गुच्छा बनाउन
विश्वमा नेपाललाई परिचित बनाउन
समाजका कुरीतिको जरो हटाउन
संस्कृतिका विकृतिलाई उन्मूलन गराउन
अब मेरो देशमा कोही कसैको चासो छ
मेरी आमाको हाल छियाछिया भाको छ ।
हरेक आमाको मुहारमा खुसीयाली दिन
सहिद अनि उनका अठोटलाई पूरा गराउन
जातीय र लैङ्गीक भेदभाव हटाउन
जनतालाई सभ्यताको पाठ सिकाउन
अब कोही कसैले बुझ्नु जरुरी छ
गुलाबमा फूल र काँडा चिन्नुछ ।
सामन्तीप्रथाले मेरो भूमिमा ठाउँ पाउँदैन
कोइलीले पो गीत गाउँछे भँगेरो गाउँदैन
कालरात्री पछि सधैँ बिहान नै हुन्छ
अनि मेरो सोचाइको शान्त नेपाल बन्छ ।

विपिन खड्का
राइजिङ रेज बो. स्कुल, पुलीसडक, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *