Skip to content


दिन पुग्दै गरेको गर्भको छोरो आमासँग केही माग्छ
आमालाई बाचामा अल्झाएर बचनबद्ध पार्दै कुरो खोल्छ
आमा !
अहिले म बाहिर आउने त्यो संसार नराम्रो सँग बिग्रिएको छ
त्यहा शान्ति प्रिय मान्छे भेट्न गाह्रो छ
हिंसामा नरमाउने मान्छे त्यो समाजमा बाच्न अप्ठेरो छ
रगतको खोलामा ननुहाउने मान्छे नपुंसक् कहलाऊँछन
म शान्ति चाहन्छु आमा !

मेरो यो बिन्ती सुन:
मलाई जन्म नदेउ
तिम्रो गर्भमा नै मलाई तुवाऊ
क्षमा गर आमा मलाई त्यो स्वार्थी संसारमा नबोलाउ
भोली मैले पनि त्यही हिंसक् समाज सँगै नहीडी हुन्न
अर्को बुद्धको जन्म त्यो हिंसक् समाज चाहन्न
तिम्रो गर्भको जस्तो न्यानो र आत्मिय माया त्यहा छैन
क्षमा गर आमा तुवाइदेउ मलाई जन्म लिनु छैन
मलाई जन्म लिनु छैन……………

आमा रुंदै थला पर्छिन,
कसरी तुवाउ छोरा तिमीलाई
तिमीबाट कत्रो आसा राखेको छु मैले यो कुहिएको समाजको रुपान्तरण् को लागि
तर तिमी नै झन…………

छोरासँग बाचामा हारेकी आमा अस्रु धारा सँगै मुर्छा पर्छिन
पिडा र बेदना सँगै धेरै दिनसम्म थला पर्छिन
अन्तत: अनौठो यो लीला
छोराको बचनमा हारेकी उनी आँफै पनि
यो स्वार्थी र हिंसक् लोक छोड्छिन
यो पिडक, स्वार्थी र हिंसक् लोक छोड्छिन
“उनले नजन्माएको त्यो छोराको” बिनय सँगै, बिनय सँगै

northdj777@gmail.com
DXB

13 thoughts on “उनले नजन्माएको छोरो”

    1. नमस्कार पवित्रा जी अनी तपाईका
      नमस्कार पवित्रा जी अनी तपाईका गित गजल हरु प्रकाशित छैनन् त?
      गणेश थापा सलामी
      ganesh_sm60@yahoo.com

  1. अत्यन्त ह्रीदयस्पर्शि।तपाईले
    अत्यन्त ह्रीदयस्पर्शि।तपाईले येस्तै सृजना गर्दै जानुस्।नेपाली साहित्य भन्डार् समृद्ध हुन्छ।

  2. अत्यन्त हृदयस्पर्शि।तपैइको
    अत्यन्त हृदयस्पर्शि।तपैइको येस्तो रचनाले नेपाली साहित्यभन्डार् समृद्ध हुन्छ।

  3. Its really touch the nepali
    Its really touch the nepali heart wherever,whenever and whoever read this poem and it makes once we have think about our country.,
    i wish to read more and best of luck for the upcoming …………

  4. Dai it’s very very satiric to
    Dai it’s very very satiric to current situation of Nepal.
    dai it’s a very well creation.
    keep it up dai..

    Chhabi sapkota
    Kathmandu Nepal

  5. Dai its very nice poem hai
    Dai its very nice poem hai its touch my soul and hope that sure touch every human beings also…

    Bhai Tirtha
    POkahar Now,Qatar

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *