Skip to content

प्रेम र मेरी उनी

तिमी भए तुषारोमा फूल फुलाई दिन्छु

कठाङ्ग्रिए हुरी बतास माझ भुलाई दिन्छु

बर्षातमा पानी बनी झर्ने गर्छिन अरे

काखमा राखी मनभित्रै घाम झुलाई दिन्छु

पतझडमा बसन्तको बहार रोज्छिन अरे

बहार बनी बगैंचामा संगै डुलाई दिन्छु

ढुङ्गामा नि प्रेम खोज्दै हिड्ने गर्छिन अरे

पगालेर प्रेमरूपी हृदय खुलाई दिन्छु

प्रेमजालमा मायारूपी बर्षात खोज्छिन अरे

विवशका दिन सम्झी पुनः रूलाई दिन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *