सधैभरि तिमो सामु आउन मन लाग्छ
बसन्तको बहार बनी छाउन मन लाग्छ ।
काँडा मात्र होइन जीवन, घामपानी र छायाँ
घामपानी र छायाँ भित्रै रमाउन मन लाग्छ ।
फुलैफुलको सँसारमा गुलाव नै तिमी
काडैकाडाबाटै तिमीलाई पाउन मन लाग्छ ।
झरी वादल वर्षात अनि, साउनको भेल
खुलाएर त्यही झरीमा रूझाउन मन लाग्छ ।
जिन्दगी यो मडारिने फाट्ने वादल जस्तै
विवशको त्यहि वादलमा उडाउन मन लाग्छ ।

यो पनी मिठो…
यो पनी मिठो…
Malai pani ramauna mana
Malai pani ramauna mana lagcha gajal sangai. malai pani jhulauna mana lagcha daru sangai tara payana. tapai sangai…………….
नमस्कार विवस जी,
काँडा मात्र
नमस्कार विवस जी,
काँडा मात्र होइन जीवन, घामपानी र छायाँ,
घामपानी र छायाँ भित्रै रमाउन मन लाग्छ,
कविता राम्रो लागो, तपाइको गज़ल पनि राम्रो लाग्छ,
मिठास फेरेर अर्कै लेख पनि हेर्नु मन लागेको छ,
मिना बान्तवा,
धन्यवाद मिना जी हेर्दै
धन्यवाद मिना जी हेर्दै गर्नुहोला अरू पनि आएका छन् गीत गजलहरू ।