मैले माया मारेको छू !
मेरो देशलाई,
मेरो धर्तिलाई.
अनी मेरो आकाशलाई !
किनकी
मेरो देशले मलाई चिनेन
मेरो धर्तिले मलाई थेगेन
अनी मेरो आकाशले मलाई छोपेन………
त्यसैले त मैले माया मारें
मेरो देश, धर्ती र आकाशलाई ……….
हो सच्चैं मैले माया मारें !
ति गिद्दका झुण्डलाई,
त्यों रगतको कुण्डलाई,
अनी बरुद्का गन्धलाई
किनकी
मेरो देश गिद्द संग पल्किएको छ
मेरो धर्ती रगतसंग मुछिएको छ
अनी मेरो आकाश बरुद्को गंधमा मिस्सिएको छ
अनी त मेरो देशलाई
गिद्द, सैतानको मुहाली चाहिन्छ
मानव रगतको बलि चाहिन्छ
तोप र बन्दुकको नली चाहिन्छ
तर के गर्नु मेरो दुर्भाग्य !
किनकी मलाई,
गिद्द र सैतानको नजिक जानै हुन्न
रगत हेर्ने हुन्न
अनी बरुद्को गंध सुंघनै हुन्न !
तर अफसोच,
अहिले मेरो देशको परिचय नै
गिद्दमा समाहित भएको छ
मेरो धर्ती रक्त कुण्डमा बिस्तारित भएको छ
र मेरो आकाश बरुद्को गंधमा संकुचित भएको छ
र त मैले माया मारें
मेरो देश
मेरो धर्ती
अनी मेरो आकाश………..
यद्दपी
म टाडैबाट भए पनी
माया गर्छु,
मेरो देश लाई
मेरो धर्तिलाई
अनी मेरो आकाशलाई………………!
किनकी
मेरो आफ्नो भन्नु नै
त्यै एउटा देश हो
त्यै धर्ती हो
अनी
त्यै आकाश हो……….. !
म त्यै देशमा जन्मिएँ
त्यै धर्तिमा हुर्किएँ
अनी त्यै आकाशमा फैलिएँ
त्यसैले त मलाई चिंता लाग्छ!
मेरो देश, धर्ती अनी आकाशको!
गिद्दले कती लुछे हुन
रगतका भेलले कती रंगिए हुन
अनी बरुदले कती पिल्सिए हुन
मेरो देश
मेरो धर्ति
अनी मेरो आकाश
मलाई प्रतीक्षा छ
मेरो देश नेपाल भएको हेर्ने
मेरो धर्ती सागरमाथा भएको हेर्ने
अनी मेरो आकाशमा सुनौलो बिहानी छाएको हेर्ने ……………!!!!!!!!!!!!
आशांक उपाध्याय
नेपाल

आशांक जी !
कबिता राम्रो
आशांक जी !
कबिता राम्रो लाग्यो । प्रयास जारिरहोस भन्ने कामना गर्दछु ।
aasanka ji, tapailai ta
aasanka ji, tapailai ta dherai-dhaerai dhnybad realy ho aaj hamro desko testai testai chh,
aafno matri bhumi kaslai maya chaina hola tara badhy chha …yo kabita sabaile padera yestomanan garchhan kasaiko pani rastrieta bhab bahakinchha…
तर अफसोच,
अहिले मेरो देशको परिचय नै
गिद्दमा समाहित भएको छ
मेरो धर्ती रक्त कुण्डमा बिस्तारित भएको छ
र मेरो आकाश बरुद्को गंधमा संकुचित भएको छ
र त मैले माया मारें
मेरो देश
मेरो धर्ती
अनी मेरो आकाश………..
मलाई प्रतीक्षा छ
मेरो देश नेपाल भएको हेर्ने
मेरो धर्ती सागरमाथा भएको हेर्ने
अनी मेरो आकाशमा सुनौलो बिहानी छाएको हेर्ने ……………!!!!!!!!!!!!
tapaiko kabitale ta purana kura pani baljhayo …
mina bantawa,
dhanyabad chhakku udasi
dhanyabad chhakku udasi ji
kabita man paraidinu bhaekoma ani maprati kamana byakta garnu bhaekoma
ani mina ji lai pani dhanyabad
maile bujheko deshlai bujhidinu bhaekoma